logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितपुरको कवाडी गोदाममा आगलागी, एक जना घाइते


अंकुरण खबर
1.586K
Shares

ललितपुरको बखुण्डोलस्थित एक कवाडी गोदाममा आगलागी भएको छ । आगलागीमा परी एक जना घाइते भएका छन् ।

आइतबार बिहान ११ः२० बजेतिर  नेपालस्थित कोरियन दूतावासनजिकको कवाडी गोदाममा आगलागी भएको हो । आगोले कवाडीखाना नजिकैको घरहरुमा पनि क्षति पुर्याएको छ । विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने जनाइएको छ ।

आगलागीमा घाइते भएका एक जनाको उद्दार गरिएको छ भने अन्य व्यक्तिहरु पनि कवाडी खानाभित्र हुनसक्ने आशंका गरिएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ ।

सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।