logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोंगबु बसपार्कमा प्रहरीको छापा, एकै रात अनैतिक क्रियाकलापमा संलग्न ७३ पक्राउ


अंकुरण खबर
637
Shares

काठमाडौं – प्रहरीले शनिबार राति गोंगबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ ।

सो क्षेत्रबाट अवैध र अनैतिक कार्यमा संलग्न रहेका ३७ पुरुष, ३२ महिला र ४ तेस्रोलिंगीलाई प्रहरीले पक्राउ गरेको हो ।

स्विप अपरेसनअन्तर्गत प्रहरीले लागू औषध दुर्व्यसनी, वेश्यावृत्ति र मापदण्डविपरीत व्यापार व्यवसाय सञ्चालनमा संलग्न रहेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

नयाँ बसपार्क क्षेत्रको विकृति, विसंगति अन्त्यका लागि नयाँ बसपार्कमा प्रहरीले स्विप अपरेसन सञ्चालन गरेको जनाएको छ ।

पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।