प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरुलाई बालुवाटारमा भोजको आयोजना गरेका छन् ।
प्रतिनिधि सभाका सांसद नारदमुनी रानाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई रात्री भोजका लागि बोलाएका हुन् ।
‘हामीलाई साँझ ६ बजे भोजका लागि निमन्त्रणा आएको छ,’ उनले भने । नेकपा केन्द्रीय कमिटीको दोस्रो बैठक समापनका दिन ओलीले सांसदहरुलाई मात्र रात्री भोजमा निमन्त्रणा दिएका हुन् ।
प्रधानमन्त्रीले मिलेनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) का विषयमा सांसदहरुसँग परामर्शका लागि रात्री भोजको आयोजना गरेको बताइएको छ । भोजमा केन्द्रीय सदस्यहरुलाई भने निमन्त्रणा गरिएको छैन ।