logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्राइम कमर्सियल बैंकको नाफा १ अर्ब ३० करोड


अंकुरण खबर
767
Shares

काठमाडौं – प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३० करोड ७ लाख ८७ हजार ३८४ रुपैयाँ नाफा आर्जन गरेको छ ।

बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा २२।६१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ६ करोड ८ लाख ९६ हजार ७९० रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ८६ करोड ५९ लाख ५८ हजार ७०४ रुपैयाँ रहेको छ ।

बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाको सहयोग देखिएको छ । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ७७ करोड २२ लाख ३ हजार २३३ रुपैयाँ खुद ब्याज आम्दानी रहेको थियो ।

चालु आवको सोही अवधिमा आईपुग्दा २ अर्ब १६ करोड ४६ लाख १० हजार ३६ रुपैयाँ रहेको छ ।