logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी राणाले गरे आत्मसमर्पण


अंकुरण खबर
806
Shares

बलात्कारको आरोप लागेका एसएसपी शौरभ राणाले आत्मसमर्पण गरेका छन् ।

संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत एसएसपी राणाले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफैं पुगी आत्मसमर्पण गरेका हुन् ।

गत बिहीबार बेलुकी जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेपछि राणालाई प्रहरीले पक्राउ गर्ने तयारी थालेको थियो । एक महिलाले एसएसपी राणा विरुद्ध इटहरीको एक होटलमा आफूमाथि जबर्जस्तीकरणी गरेको आरोप लगाएकी थिइन् ।

उनीमाथि अनुसन्धान अघि बढाइने सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञराज पोखरेलले जानकारी दिएका छन् ।