logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘एमसीसी’बारे सुझाव संकलन गर्न झलनाथ खनालको संयोजकत्वमा बन्यो कार्यदल


अंकुरण खबर
1.521K
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय समितिका अधिकांश सदस्यले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)माथि प्रश्न उठाएपछि सुझाव संकलनका लागि कार्यदल बनेको छ ।

केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले उठाएको प्रश्नमा जवाफ दिंदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीबारे सुझाव संकलन गर्न कार्यदल गठन गर्ने घोषणा गरेका हुन् । कार्यदललाई १० दिनको समय दिएर सुझाव संकलन गर्ने म्याण्डेट दिइएको छ ।

वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरू भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन् ।

समूहगत छलफल र छलफलको प्रस्तुतिपछि आज अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा अध्यक्ष दाहालले बैठकमा जवाफ दिइरहेका छन् ।

प्रचण्डले पेस गरेको राजनीतिक र महासचिव विष्णु पौडेलले पेस गरेको सांगठनिक प्रतिवेदन पारित गर्ने बैठकको कार्यसूची छ ।