logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से २१ अङ्‌कले बढ्यो


अंकुरण खबर
741
Shares

काठमाडौं – नेपालको धितोपत्र बजारमा शेयर कारोवार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  परिसूचक साताको पहिलो दिन २१.२६ अंकले उकालो लागेको छ ।

लगातार जसो उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक आज २१.२६ अङ्कले उकालो लागेर १३४६.६४ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.९९ ले बढेर २८६.७५ मा पुगेको छ ।

नेप्से उकालो लाग्दा कारोवार रकममा समेत २ अर्ब नाघेको छ । कूल १७५ कम्पनीका ५३ लाख ४६ हजार ५०८ कित्ता शेयर रु २ अर्ब ७ करोड ७९ लाख ८७ हजार ७९९ मूल्यमा खरीद बिक्री भए ।

नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये व्यापार र लाइफ इन्स्योरेन्स उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर उकालो लागेको छ । व्यापार ०.०८ प्रतिशतले घटेको छ भने लाइफ इन्स्योरेन्स ००१ प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार आज कारोवारका आधारमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड ११ लाख बढीको कारोबार भएको छ । भने सबै भन्दा धेरै कमाउनेमा ग्रामिन बिकास लघुबित्तका शेयरधनीहरू रहेका छन् ।

उक्त कम्पनीको शेयर ९.९३ प्रतिशतले बढेको छ । यसैगरि, गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका शेयरधनीहरूले ५.०३५९७ प्रतिशतले गुमाएका छन् ।