logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वुहानबाट १७५ जना फर्कन इच्छुक, एक दुई दिनमै फर्काइने


अंकुरण खबर
1.534K
Shares

चीनको वुहान प्रान्तबाट नेपाल फर्कन १७५ जनाले फारम भरेका छन् । उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी एक् दुई दिनभित्रै नेपाल फर्काइने बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ ।

चीनमा कोराना भाइरसको प्रकोप फैलिएपछि दूताबासले शनिवार एक सूचना जारी गरी नेपाल फर्कन चहानेले आइतबार विहान ९:०० बजेसम्म फारम भर्न समय सीमा तेकेकोमा १७५ जनाले फारम भरेको बेइजिङस्थित दूवाबासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले जानकारी दिए।

उनले बुहानमा श्रम स्वीकृति लिएर काम गरीरहेका दश जना अन्य विद्यार्थी गरी करीब २०० जना नेपाली रहेको अनुमान गरिएको बताए । त्यस मध्ये केही चीनको नयाँ वर्षको विदा परेका कारण नेपाल नै गएको हुन सक्ने बताए ।

हामीले करीब १८८ जनाको सूची तयार गरेका थियौं । त्यसमा १७५ जनाले फारम भर्नुभएको छ । अब प्रक्रिया पूरा गरी उहाँहरूलाई फिर्ता गछौं । नियोग उपप्रमुख लम्सालले बताए ।