काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वामदेव गौतमलाई उपाध्यक्ष चयन गरेको छ ।
बुधबारदेखि राष्ट्रिय सभागृहमा जारी केन्द्रीय समितिको पूर्ण बैठकले गौतमलाई सर्वसम्मतिले उपाध्यक्षमा चयन गरेको हो ।
गएको साउन अन्तिम साता बसेको नेकपा सचिवालय बैठकमा गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव अध्क्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अगाडि सारेका थिए ।
उनलाई उपाध्यक्ष बनाउन विधान संशोधन गर्ने निर्णय भएको थियो । त्यसलाई स्थायी समितिले अनुमोदन गरेको थियो ।