धादिङको धार्केमा १ दिने नि शुल्क मृगौला परीक्षण शिविरको आयोजना गरिएको छ ।
मार्क इन्टरनेशनल किड्नी सेन्टर,लायन्स क्लब काठमाडौं र राजु मेडिकल हलको सहकार्यमा धार्केको राजु मेडिकल हल परिसरमा २०७६\१०\१८ गते शनिवारका दिन उक्त शिविर गरिएको हो ।
शिवरमा मृगौलाको साथै,उच्च रक्तचाप,पिसाब,चिकित्सकको सल्लाहा बमोजिम अल्ट्रासाउन्ड,सेरस क्रोटिनीन,हेमोग्लोबिनको परीक्षण गरिएको थियो ।


स्वास्थ्य परीक्षणको लागि उत्साहाजनक सहभागिता रहेको शिविरमा ५०० जना भन्दा बढीले स्वास्थ्य परीक्षण गरेका थिए । यस्ता शिविरले दुर्गमका नागरिकलाई मृगौला लगाएतका रोग बाट बच्न धेरैनै लाभ मिलेको र आगामी दिनमा पनि यस्ता शिविरहरु सञ्चालन गर्दै जाने आयाजकले बताएका छन् ।

