काठमाडौं – चीनमा तिब्र गतिमा फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको दिन प्रतिदिन बढ्दै गएको छ।
अहिलेसम्म ३ सय ६१ जनाको कोरोना भाइरसबाट ज्यान गएको राष्ट्रिय स्वास्थ्य आयोगलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
उक्त भाइरसबाट चीन बाहिर आइतबार फिलिपिन्समा एक जनाको ज्यान गएको छ। आइतबार एकै दिन ५७ जनाको ज्यान गएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको हो।
आइतबार बिहानसम्म कोरोना भाइरसबाट ३ सय ४ जनाको ज्यान गएको थियो। उक्त समाचारका अनुसार अइतबार थप ३ हजार संक्रमित थपिएसँगै अब चीनमा कोरोना भइरसबाट संक्रमित हुनेको संख्या १७ हजार नाघेको छ।
चीनभन्दा बाहिर २४ देशमा १ सय ५० जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ।