logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनमा १० दिनमै बनेको अस्पताल यस्तो छ, आजबाट सञ्चालनमा (फोटोफिचर)


अंकुरण खबर
2.288K
Shares

तिब्र रुपमा फैलिएको कारोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न चीनले १० दिनमै निर्माण गरेको एक हजार शैय्याको अस्पताल आजबाट सञ्चालनमा आएको छ।

आज बिहान एक कार्यक्रमका बीच उक्त अस्पताल सञ्चालनमा आएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। उक्त अस्पताल कोरोना भाइरसको इपिसेन्टर वुहानमा निर्माण गरिएको हो। अस्पतालको सम्पूर्ण निर्माण कार्य पूरा भएको र अस्पताल बिरामीको उपचारका लागि तयार रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

संक्रमितको उपचारमा अनुभव हासिल गरिसकेका १४०० सैनिक मेडिकल स्टाफ नयाँ अस्पतालमा आइपुगेका छन्। यिनैले नयाँ अस्पतालसँगै अन्य क्षेत्रका बिरामीको उपचार गर्नेछन्। त्यस्तै, कोरोना भाइरस संक्रमितको उपचारका लागि दोस्रो अस्पताल पनि द्रुत गतिमा निर्माण भइरहेको छ।

रिर्पोटका अनुसार दोस्रो अर्को अस्पतालको निर्माण बुधबारसम्ममा सकिनेछ। चीनले चामत्कारिक रूपमा अस्पताल निर्माण गरेको हो। वुहानमा १ हजार शैय्याको अस्पताल १० दिनमा निर्माण भएको बताइएपछि केही सञ्चारमाध्यमले भने ८ दिनमै उक्त अस्पतालको निर्माण पुरा भएको जनाएका छन्।

कोरोना भाइरसको संक्रमणबाट चीनमा अहिलेसम्म ३६१ जनाको मृत्यु भएको छ।