काठमाडौं – यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्याङ स्वयम्भुमा कार्यरत अधिकृत घुससहित पक्राउ परेको दाबी गरिएको छ ।
सेवाग्राहीबाट घुस लिएको आरोपमा यातायात सेवा कार्यालयका अधिकृत शिवलाल पौडेललाई आइतबार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
घुस दिने दिपक खतिवडालाई समेत नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन । सेवाग्राही खतिवडाले अधिकृत शिवलाल पौडेललाई सवारी कर र प्रदूषणवापतको रुपियाँ तिर्नका लागि १३ हजार रुपियाँ घुस दिएको आयोगले दाबी गरेको छ ।
दुबैजनालाई घुस रुपियाँसहित परिसरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।