logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच बालुवाटारमा भेटवार्ता


अंकुरण खबर
806
Shares

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवम पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा एक्लाएक्लै छलफल भएको छ ।

पार्टी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक सकिएको भोलिपल्ट उनीहरुबीच वान टु वान छलफल भएको हो ।

बिहान ११ बजेदेखि झण्डै डेढ घण्टा छलफल भएको स्रोतले जनाएको छ । वार्तामा केन्द्रीय कमिटीका निर्णयहरुको कार्यान्वयन र आगामी दिनमा कसरी अगाडि बढ्ने लगायत समसामयिक विषयमा विषयमा छलफल भएको बताइएको छ ।

स्रोतका अनुसार दुई नेताबीच के के कुरा भयो? त्यो भने खुल्न बाँकी छ । ओली र नेपालबीच दूरी बढिरहेको र केन्द्रीय कमिटी बैठक सकिएकै भोलिपल्ट भएको एकल भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।