लोकगायक बद्री पँगेनीलाई पितृशोक परेको छ । उनका पिता बोधराजको ७० वर्षको उमेरमा आज निधन भएको हो ।
उनको पाल्पा, रामपुरमा दाहसंस्कार गरिने भएको छ । उनका २ छोरा र १ छोरी छन् । बोधराजकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पँगेनीका पिताको निधनप्रति प्रतिष्ठानका अध्यक्ष रमेश बीजीलगायत विभिन्न सङ्घसंस्थाले दुःख व्यक्त गरेका छन् ।