logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज दिनभर देशभरको मौसम कस्तो रहला ?


अंकुरण खबर
1.287K
Shares

काठमाडौं – देशभर हाल उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन, तर पनि केही क्षेत्रमा स्थानीय वायुका कारण आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली भएको मौसमविदले बताएका छन्।

मंगलबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहुने र बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जनाइएको छ ।

यस्तै राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । यस्तै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुने मौसमविदले बताएका छन् ।