अछाममा एक वडाध्यक्ष मृत भेटिएका छन् ।
मृत भेटिनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका-२ का वडाध्यक्ष पदमबहादुर धामी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान वडाध्यक्ष धामीको शव घर भन्दा करिब ५ मिटर पर मृत अवस्थामा भेटिएको हो ।
वडाध्यक्ष धामीको हत्या भएको आशंका आफन्त र स्थानीयले गरेका छन् । प्रहरीले भने घटनाबारे थप अनुसन्धान भइरहेकाले अहिले नै यकिन गर्न नसकिने जनाएको छ ।
धामी नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहको वडाध्यक्षमा निर्वाचित भएका थिए ।