काठमाडौं – आज सुनचाँदीको मूल्य घटेको छ ।
मंगलबार छापावाला सुन तोलामा ५ सयले घटेर ७६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुन ७६ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज १० रुपैयाँले घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।