logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

आज ओरालो लाग्यो सुनचाँदीको मूल्य


अंकुरण खबर
1.534K
Shares

काठमाडौं – आज सुनचाँदीको मूल्य घटेको छ ।

मंगलबार छापावाला सुन तोलामा ५ सयले घटेर ७६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुन ७६ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज १० रुपैयाँले घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।