logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अर्काको नाममा ट्रायल परीक्षा दिने जोशी पक्राउ


अंकुरण खबर
1.248K
Shares

काठमाडौं – नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल परीक्षा दिने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका-११ घर भई हाल किर्तिपुर पाँगा बस्ने २१ वर्षीय ललित जोशी रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाबाट खटिएका ट्राफिक प्रहरी टोलीले नेपाल ड्राईभिङ ट्रायल सेन्टर, सुकेधारामा सञ्चालन भएको परीक्षामा जुम्लाको तातापानी-५ का श्री प्रसाद दाहालको नाममा मोटरसाइकलको ट्रायल दिँदै गर्दा जोशीलाई सोमबार पक्राउ गरेको हो ।

जोशीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी बृत्त गौशालामा पठाइएको जनाइएको छ ।