logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

 केन्याको एक विद्यालयमा भागदौडः कम्तीमा १४ विद्यार्थीको मृत्यु


अंकुरण खबर
3.016K
Shares

पश्चिमी केन्यामा एउटा विद्यालयमा भागदौड हुँदा कम्तीमा १४ विद्यार्थीको मृत्यु भएको छ ।

छुट्टी भएपछि विद्यार्थीहरु कक्षाकोठाबाट निस्किन लाग्दा भागदौड भएको हो । राजधानी नैरोबीको उत्तर पश्चिममा रहेको काकामेगा प्राथमिक विद्यालयमा भागदौड मच्चिदा ४० भन्दा बढी बालबालिका घाइते भएको बीबीसीले जनाएको छ ।

शिक्षामन्त्री जोर्ज मगोहाले स्थानीय सञ्चाजमाध्यमलाई १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

बीबीसीका अनुसार के कारणले भागदौड भयो भन्ने स्पष्ट भएको छैन । तर स्थानीय प्रहरीका प्रमुखले घटनाबारे छानबिन सुरु गरिएको बताएका छन् ।