logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालिका करणीको अभियोगमा एक जना पक्राउ


अंकुरण खबर
663
Shares

काठमाडौं – झापामा १२ वर्षीया बालिका बलात्कृत भएका छन् ।

सोमबार राती ८ः४० बजे अर्जुनधार नगरपालिका–१ की १२ वर्षीया बालिकालाई घरमा कोही नभएको मौकामा जबरजस्ती गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–१० बस्ने ६३ वर्षीय प्रदिप तामाङ रहेको छन्।

मदिराले मातिएका तामाङले बालिकालाई ११ सय रुपैयाँ दिई प्रलोभनमा पार्न खोजेका थिए। तर, उनले हो–हल्ला गरेपछि तत्कालै घटनास्थलमा पुगेका स्थानीयले तामाङलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।

घटना लगत्तै प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनी पठाएको छ ।