logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अजिता भुजेलको हत्या आरोपमा ५ जना पक्राउ


अंकुरण खबर
1.222K
Shares

ट्रकमा तेस्रोलिङ्गीसँग यौनसम्पर्क गरेको आरोपमा मकवानपुर प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

उपमहानगरपालिका-११ की २९ बर्षीया तेस्रोलिङ्गी अजिता भुजेलको हत्यामा संलग्न ५ जनालाई प्रहरीले मँगलबार पत्रकार सम्मेलन गरी हेटौंडा हत्यामा संलग्न रहेको भन्दै ५ जनालाई सार्वजनिक गरेको हो ।

माघ ४ गते राती करिब १ बजेको समयमा अजिताको घाँटीमा तारले बेरिएको र अर्धनग्न अवस्थामा हेटौंडा ५ क्याम्पाडाँडामा शव फेला परेको थियो ।

हत्या अभियोगमा प्रहरीले पक्राउ गरी हेटौंडा-९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, २४ वर्षीय आशिष बल र २१ बर्षीय बुद्ध लामालाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार ना. ६. ख. ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापा मगरले भुजेलसँग हेटौंडा-११ थानाभर्याङमा ७ हजार रूपैयाँमा सम्झौता गरी अजितासँग यौन सम्पर्क गरेका थिए । तर, सम्पर्कपछि पैसाबारे विवाद हुँदा उनको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । हत्या गरेर शव ट्रकमै राखेर क्याम्पाडाँडामा फालेको प्रहरी उपरिक्षक सुशीलसिँह राठौरले बताए ।

हत्यापछि अजिताको मोबाइल परियारले बुद्ध लामाको साथी आशिषलाई दिएका थिए । आशिषले आफ्नी श्रीमती एलिसालाई दिएका थिए । सोही मोवाईल अन भएपछि मोबाइल लोकेशनको आधारमा प्रहरीले सबैलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी महाशाखा टेकु र मकवानपुर प्रहरीको टोलीको अनुसन्धानबाट अभियुक्तलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।