logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसीसीलाई अतिरञ्जीत र प्रायोजित बनाइएको परराष्ट्रमन्त्री ज्ञवालीको आरोप


अंकुरण खबर
754
Shares

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले एमसीसीको विरुद्धका बिषयमा बाहिर आएका विषयहरु अनावश्यक, अतिरञ्जीत र प्रायोजित भएको बताएका छन् ।

आज गुल्मीमा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर एमसीसी अघि बढाएको बताएका हुन ।

मन्त्री ज्ञवालीले अनावश्यक विषयमा वहस गरेर मित्रराष्टहरुसँगको सम्बन्धलाई कसैले पनि तितो बनाउन नहुने बताए। मन्त्री ज्ञवालीले राष्ट्रिय हित र देशको विकास जेमा हुन्छ सरकार त्यसैमा अघि बढ्ने उनको भनाइ थियो।

एमसीसीको पुरा अर्थ थाहा नहुनेहरु यसको विरुद्धमा बहसमा जुटेको उनको गुनासो थियो । दुई वर्षको कार्य सम्पादनवाट सरकारको आत्मविश्वास बढदै गएपनि सन्तुष्ट हुने ठाँउ नरहेको मन्त्री ज्ञवालीले बताए।