logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

किशोरी बलात्कारको अभियोगमा गुल्मीबाट तीन पक्राउ


अंकुरण खबर
910
Shares

गुल्मीबाट १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मुसिकोट नगरपालिका–७ बस्ने ३१ वर्षीय चुरा बहादुर राना, १९ वर्षीय टेक बहादुर कुमाल र बाग्लुङ बडिगाड गाउँपालिका–४ बस्ने १९ वर्षीय सनु दगामी घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनीहरुले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले तीनै जनालाई सोमबार साँझ पक्राउ गरेको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।