logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भन्सारका नासु घुस लिएको आरोपमा पक्राउ


अंकुरण खबर
1.443K
Shares

भन्सार कार्यालय, जनकपुरमा कार्यरत नायब सुब्बा एक लाख पचास हजार रुपियाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नासु अहमद रजा अन्सारीलाई एक लाख पचास हजार रुपियाँ घुस लिएको आरोपमा जनकपुरधामकै पिडारी चौकबाट पक्राउ गरेको हो ।

नासु अन्सारीले नेपाल–भारत सीमा बजारबाट घरायशी सामान ल्याउन सहज गराउने नाममा सेवाग्राहीबाट घुस लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अन्सारीलाई थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता कोइरालाले बताएका छन् ।