logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनबाट ल्याइने कोरोना भाइरस संक्रमितलाई राख्ने स्थान नागार्जुन नगरपालिका उच्चीत हैन : नागार्जुन नगरपालिका (विज्ञप्तिसहित)


अंकुरण खबर
4.42K
Shares

चीनमा रहेका कोरोना भाइरस संक्रमितलाई नागार्जुन नगरपालिका १ इचंगु नारायणको सरकारी अपार्टमेन्टमा राख्न लागिएको विषयमा नागार्जुन नगरपालिकाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

केही समय अघिदेखि संक्रमित व्यक्तिहरुलाई नेपाल ल्याई यस स्थानमा राख्ने सरकारको तयारी रहेको भन्दै विभिन्न संचार माध्यममा आए पछि नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो । संक्रमित व्यक्तिलाई नेपाल फर्काएर उपचार गराउनु राम्रो कुरा भएको तर अहिले राख्ने भनिएको स्थान घना बस्ती भएकाले यस स्थानमा राख्दा संक्रमण अझ फैलने खतरा भएकोले यो उच्चीत ठाँउ नभएको नगरपालिकाकी उपप्रमुख शुसिला अधिकारीको भनाई छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सम्बोधन गदै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई बोधार्थ गरि नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ‘हालै छिमेकी मुलुक चिनमा सुरु भई विभिन्न मुलुकमा फैलिदै गएको कोरोना भाइरस रोगको माहामारीको रुपमा रहेको रोगका कारण चिनबाट उद्धार गरी नेपाल ल्याउने कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरुलाई यस नगरपालिकाको वडा नं १ मा रहेको भवन तथा शहरी विकास मन्त्रालयबाट निर्मित भवनहरुमा राख्ने भन्ने विषय विभिन्न संचार माध्यम र पत्र पत्रिकामा प्रकाशित भएको विषयमा यस नगरपालिकाको ध्यानाकर्षण भएको छ ।

उल्लेखित स्थान शहरी तथा घना रुपमा मानव बसोबास भएको शहरी क्षेत्र भित्र पर्ने भएकोले उक्त स्थानमा चिनबाट उद्धार गरी ल्याउने व्यक्तिलाई नराख्न हार्दिक अनुरोध गरिन्छ ।’