Breaking Newsसमाचार

सुर्खेतमा जीप दुर्घटना : एकको मुत्यु, १३ जना घाइते

सुर्खेतमा बोलेरो जीप दुर्घटना हुदाँ एकको मुत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

मंगलबार सुर्खेतको बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको वडा नं १४ को सिमाना फेदखोलामा कर्णली प्रदेश ००२-००१ ज ००१५ नम्बरको बोलेरो बोलेरो जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी बराहताल गाउँपालिका वडा नं ७ का ७४ वर्षीय दशरथ शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइते हुनेहरूमा मोहनसिंह पुलामी, सिर्जना थापा, सुन्नु सुनार, पूर्णिमा सुनार, रेविका सुनार, गौरी शाही, टोपेन्द्र मगर, एलिसा सुनार, करिस्मा सुनार, तेजेन्द्र रोकाया, तुलबहादुर सुनार, कल्पना ठाकुर र अमृता सुनार रहेका छन्।

घाइतेहरुको माया नर्सिङ होम र देउती नर्सिङ होममा उपचार भइरहेको जनाइएको छ ।

Comment here