logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से १२ अंकले घट्यो, कारोबार भने डेढ अर्ब


अंकुरण खबर
1.079K
Shares

काठमाडौं – शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार साताको तेस्रो दिन १२.०४ अंकले घटेर १३३७.०४ बिन्दुमा थामिएको छ ।

यसैगरि सेन्सेटिभ परिसूचकसमेत २.९२ अंकले घटेर २८४.९९ बिन्दुमा पुगेको छ । आज १७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता शेयर कारोबार हुँदा एक अर्ब ५७ करोड १ लाख माथिको कारेबार भएको हो।

बिकास बैंक, फाइनान्स, नन् लाईफ इन्स्योरेन्स र अन्य उपसूचक बाहेक बाँकी सबै उपसमूह ऋणात्मक देखिएको छ ।

आज नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडको कारेबार सर्बाधिक धेरै कारोबार १० करोड ७० लाख ६३ हजार बढीको कारोबार भएको छ ।

यसैगरि, सबै भन्दा धेरै कमाउनेमा सपोर्ट माइक्रोफाइनान्स कम्पनीका शेयरधनीहरुले ९.९९ प्रतिशतले कमाएका छन्, भने मिथिला लघुबित्त बित्तीय संस्थाका शेयरधनीहरुले ५.२३२५६ प्रतिशतले गुमाएका छन् ।