logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभामा दुई समितिको प्रतिवेदन पेश


अंकुरण खबर
871
Shares

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा दुई समितिको प्रतिवेदन पेश भएको छ ।

महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ‘ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६ पेश गरेकी हुन् । यसैगरी शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले पारमाणविक विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६ पनि पेश गरेकी छन् ।

दुई समिति सांसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद उपेन्द्रप्रसाद यादव र सांसद सुरेन्द्रप्रसाद यादवलाई प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित शिक्षा तथा स्वास्थ्य समितिमा नाम थप गरिएको जानकारी दिए ।

यसैगरी सांसद मोहम्मद इश्तियाक राईको नाम सार्वजनिक लेखा समितिमा थप गरिएको पनि उनले जानकारी दिए ।