logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिकोणात्मक सिरिज काठमाडौंमा, आज नेपाल र ओमान भिड्ने


अंकुरण खबर
2.886K
Shares

काठमाडौं – आइसीसी विश्व क्रिकेट लिग दुई अन्तर्गत त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखला काठमाडौंमा आज (बुधबारबार) सुरु हुँदैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाल, ओमान र अमेरिकाबीच एक दिवसिय क्रिकेट श्रृंखला हुन लागेको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाल र ओमान खेल्दैछन् । नेपाल आजको खेलमा ओमानलाई पराजित गर्दै आफ्नै भूमिमा पहिलो पल्ट भइरहेको एक दिवसिय क्रिकेट श्रृंखलामा सुखद सुरुवात गर्न चाहन्छ ।

अहिलेसम्म ओमानसँग खेलेका आठमध्ये सुरुवाती तीन खेल जितेको नेपाल त्यसपछि लगातार पराजित भएको छ । माघ २९ गतेसम्म चल्ने प्रतियोगितामा तीन टिमले एक आपसमा दुई–दुई खेल खेल्नेछन् ।

नेपालले दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते, तेस्रो खेल ओमानसँग माघ २६ गते र अन्तिम खेल अमेरिकासँग माघ २९ गते खेल्नेछ ।