logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साढे दुई वर्षमा फलाम उत्पादन गर्छौं : आपूर्तिमन्त्री भट्ट


अंकुरण खबर
2.028K
Shares

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दुईदेखि साढे दुई वर्षभित्र सरकारी उद्योगबाटै फलाम उत्पादन गर्ने तयारी भइरहेको बताएका छन्।

पूर्वी नवलपरासीको हुप्सेकोट-५ मा रहेको धौबादी फलाम खानी क्षेत्रको अवलोकन गर्दै मन्त्री भट्टले फलाम उत्पादनले देशको आर्थिक स्तर बढाउन टेवा पुग्ने विश्वास गरे।

मन्त्रीसहितको टोलीले खानीमा फलाम उत्पादनका लागि भइरहेको कामबारे स्थलगत जानकारी लिएका छन्।

टोलीमा मन्त्रालयका सचिब यामकुमारी खतिवडा, उद्योग मन्त्रालयका सहसचिव एवं धौबादी फलाम कम्पनीका अध्यक्ष शोभाकान्त पौडेल, खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटा, उद्योग विभागका महानिर्देशक जीवन सिटौला र उपमहानिर्देशक रामप्रसाद घिमिरेलगायत सहभागी थिए।