देशमा गणतन्त्र स्थापना गर्न योगदान पु(याएकाहरुको सम्झनामा नेपाल सरकारले करिब ४५ करोड लगानी गरी बनाएको नारायणहिटी गणतन्त्र स्मारक भत्किने भएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले नारायणहिटी दरबार परिसरभित्र बनाइएको गणतन्त्र स्मारक भत्काउनुपर्ने बताएका छन् । गणतन्त्र स्मारक नारायणहिटी परिसरमा नभइ अन्तै बनाउनुपर्ने उनको मत छ ।
२०६८ चैत १४ गते तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिलान्यास गरेका गणतन्त्र स्मारकको २०७६ जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेकी थिइन् ।