वरिष्ठ पत्रकार तथा नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक दुर्गानाथ शर्माको निधन भएको छ ।
मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रन्सप्लान्ट सेन्टरमा बुधबार ७२ वर्षको उमेरमा शर्माको निधन भएको हो ।
इलाममा जन्मिएका शर्मा विगत लामो समयदेखि मृगौला,मुटु र पिसाबको समस्याबाट पीडित थिए । शर्माका दुई छोरा र एक श्रीमति छन् । शर्मा वरिष्ठ साहित्यकार तारानाथ शर्माको भाइ हुन् ।