logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलात्कार गरेको अभियोगमा दुई पक्राउ


अंकुरण खबर
624
Shares

प्रहरीले बलात्कार गरेको अभियोगमा छुट्टाछुट्टै ठाउँबाट दुई जनालाई पक्राउ गरेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका बस्ने १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सोही गाउँपालिका-२ गोपलाडाँडा बस्ने कमल भन्ने २९ वर्षीय दिल कुमार कामीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

कामीले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिका बस्ने ३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा जाजरकोट छेडागाड नगरपालिका–११ घर भई हाल सोही नगरपालिका–३ बस्ने २२ वर्षीय मोहन रावतलाई प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट स्यालाखदीबाट खटिएको प्रहरीले रावतलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।