काठमाडौं – धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य सुधार भएको छ ।
साताको सुरुआतदेखि नै बढ्दै आएको नेप्से साताको चौंथो दिन ५.३१ अंकले बढेर १३४२.३६ अंकमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ परिसूचकसमेत ०.९३ अंकले बढेर २८५.९२ अंकमा पुगेको छ ।
आज जम्मा १७७ कम्पनीको ३२ लाख ६० हजार १९८ कित्ता शेयर कारोबार हुँदा १ अर्ब ८ करोड २४ लाख ८३ हजार ९ सय ९ रुपैयाँको कारोबार भएको छ ।
बुधबार बिकास बैंक, हाइड्रोपावर, उद्योग र म्युचुअल फण्ड बाहेक अन्य उपसूचकहरु बढेका छन । कारोबारका हिसाबले आज सिभिल बैंक अगाडी देखिएको छ । उक्त बैंकको १३ करोड माथी कारोबार भएको छ ।
सबै भन्दा धेरै कमाउनेमा सपोर्ट माईक्रोफाइनान्स बित्तिय संस्था लिमिटेडका शेयरधनीहरुले ९.९७ प्रतिशत नफा सुरक्षित गरेका छन् भने नेशनल हाइड्रोपावर कम्पनीका शेयरधनीहरुले ६.२५ प्रतिशत गुमाएका छन् ।