logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीरगञ्जको प्लाष्टिक उद्योगमा आगलागी


अंकुरण खबर
1.274K
Shares

वीरगञ्जको एक प्लाष्टिक उद्योगमामा आज आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज पथलैया औद्योगिक क्षेत्रअन्तर्गत वीरगञ्ज महानगरपालिका–१४ मा रहेको अमृत प्लाष्टिक उद्योगमा आगलागी भएको हो ।

आगलागीबाट उद्योगका मेसिन र कच्चा पदार्थसहित केही तयारी सामान पनि जलेर नष्ट भई करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको उद्योग संचालक बीरगञ्ज–१६ का राजेश दास तत्वाले जानकारी दिए ।

आगोलाई ६ वटा दमकल प्रयोग गरी साढे तीन घण्टामा मात्र नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीका अनुसार आगो कसरी लाग्यो भन्ने अनुसन्धान भइरहेको छ ।