काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नरहेको जनाएको छ ।
महाशाखाले हाल देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको जनाएको छ । आज दिउँसो देशका पूर्वी र मध्य पहाडी भू-भागमा अपरान्ह पछि आंशिक देखि सामान्य बदली रही पश्चिमका पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पुर्वी र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
आज राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भाग सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ ।