logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कोरोना आतंक: चीनमा मृत्यु हुनेको संख्या ५ सय ५० नाघ्यो


अंकुरण खबर
871
Shares

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ सय ६५ पुगेको छ।

चीनको स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार हिजो (बुधबार) मात्रै थप ७३ जनाको ज्यान गएको जनाएको छ।

मृत्यु हुनेमा हुवेई प्रान्तमा थप ७० जना, एक जना तिआनजिन, एक हीलोंगजियांग र एक गुइझोउ प्रान्तका रहेका छन्।  चीनका ३१ प्रान्तमा हिजो मात्रै ३ हजार ६ सय ९४ जनामा थप संक्रमण भेटिएको छ।

चीनबाहिर हङकङमा थप एक जना र फिलिपिन्समा एक जनाको मृत्यु भएको छ। नयाँ तथ्यांक अनुसार हङकङमा २१ जनामा संक्रमण भेटिएको छ भने मकाउमा १० जना, ताइवानमा ११ जना संक्रमित छन्। त्यस बाहेक बाँकी एसिया महादेशभर १३८ जनामा संक्रमण भेटिएको छ।

त्यस्तै युरोपभर २६ जनामा संक्रमण देखिएको र उत्तर अमेरिकामा १६ जना संक्रमित रहेका छन्, अष्ट्रेलियामा १४ जना संक्रमण भेटिएको पुष्टि भएको छ भने बाँकी विश्वमा सात जना संक्रमित रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।