काठमाडौं – आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
बुधबार ७५ हजार २ सयमा कारोबार भएको छापावाला सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७४ हजार ९ सयमै कारोबार भइरहेको छ ।
चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय ७५ रुपैयाँमै कारोबार भइरहेको छ ।