logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सैनिक अधिकृतका लागि भर्ना खुल्यो (विज्ञापन सहित)


अंकुरण खबर
1.092K
Shares

काठमाडौं – नेपाली सेनाले १५० सैनिक अधिकृत क्याडेट पदका लागि भर्ना आह्वान गरेको छ।

सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले बिहीबार गोरखापत्रमा विज्ञापन प्रकाशित गर्दै खुला र समावेशीतर्फ कुल १५० सिटका लागि भर्ना आह्वान गरेको हो।

बिहीबार प्रकाशित विज्ञापनअनुसार फागुन ८ गतेसम्म दरखास्त दिन सकिनेछ। उम्मेदवारहरूको उमेर हद भने शैक्षिक योग्यताअनुरूप तोकिएको छ। सेनाका अनुसार २१ वर्ष नाघेका प्रमाणपत्र तह उत्तीर्ण र २४ वर्ष ननाघेका स्नातक उत्तीर्णले दरखास्त दिन सक्नेछन्।

सैनिक सेवामै रहेका २६ वर्ष उमेर पार नगरेकाले पनि अधिकृत क्याडेटमा प्रतिस्पर्धा गर्न पाउनेछन्। दरखास्तका लागि नेपाली सेनाको आधिकारिक वेबसाइटमार्फत् आवेदन भर्न सकिने व्यवस्था पनि मिलाइएको विज्ञापनमै उल्लेख गरिएको छ। तर, अनलाइन आवेदन दिएको प्रिन्ट कपी तोकिएको भर्ना केन्द्रमा बुझाउनुपर्ने छ।

हेर्नुहोस् विज्ञापन: