काठमाडौं – बलात्कार गरि हत्या गर्ने ४ जनालाई जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय सुनाएको छ ।
कैलाली जिल्ला गौरीगंगा नगरपालिका वडा नं. ११ की माया बिकको मुद्दामा आरोपित ५ मध्ये ४ जनालाई अदालतले बुधबार जन्म कैदको फैसला सुनाएको हो ।
बलत्कार पछि हत्या गर्नेमा सुरज चौधरी, भुवन खाती, गणेश बडुवाल, तपेन्द्र बोगटी र मनोज बोगटी थिए उनिहरुमध्ये अभियुक्त तपेन्द्र बोगटी बाहेकलाई जन्मकैदको फैसला तोकिएको हो । अभियुक्त तपेन्द्र बोगटी लाई भने ५ वर्ष कैद मात्र हुनेछ ।
जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले बुधबार उक्त फैसला सुनाएको हो । २०७५असार १२ गते बेपत्ता मायाको १५ गते गाउँ नजिकैको स्थानीय चपरतली सामुदायिक वनमा शव भेटिए पछि अभियुक्तहरुमाथि अनुशन्धान भइ बारम्बार उक्त पेसी स्थगित हुँदै आएको थियो ।
अभियुक्तहरुमाथि पिडीतले अपहरण, जबरजस्ती करणी र कर्तव्य ज्यानको दाबी माग गरेका थिए ।