logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हरिद्वार हाइवेमा बस दुर्घटना, १० नेपाली घाइते


अंकुरण खबर
624
Shares

भारतको उत्तर प्रदेशमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा १० जना नेपाली नागरिक घाइते भएका छन्।

भारतीय संचारमाध्यमका अनुसार भारतको सिमलाबाट रुपैडिहातर्फ आउँदै गरेको बस हरिद्वार हाइवेमा दुर्घटना भएको हो। हरिद्वार डिपोको बस बुधबार राति कांठबाट अगाडि जाँदै गर्दा ट्रकमा ठोक्किएको बताइएको छ।

समान दिशामा गुडिरहेको ट्रकको पछिल्लो भागमा बस ठोक्किएको थियो। उक्त बस नियमित सेवाको रहेको र नेपाली तथा भारतीय नागरिक सवार रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतको रुपैडिहा नेपालको नेपालगञ्जबाट नजिकै पर्छ।

भारतीय संचारमाध्यमका अनुसार तत्कालै उद्धारका लागि प्रहरी तथा एम्बुलेन्स परिचालन गरिएको थियो। प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार घाइतेहरुमा बलबहादुर, तुलकनी, नरेन्द्र ओली, वीरबहादुर, तिलक, गोपाल, कासिब बोहरा, पुतली बोहरा लगायत रहेको बताइएको छ।

उनीहरुको ठेगाना भने खुलाइएको छैन।