नेपाल प्रहरीका पूर्वप्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार खिउजुविरुद्ध जबर्जस्ती करणीको अभियोगमा किटानी जाहेरी परेको छ ।
उनीविरुद्ध ललितपुर महांकालकी २१ वर्षीया युवतीले प्रहरी परिसर जावलाखेलमा किटानी जाहेरी दिएकी हुन् । ती युवतीले बुधबाट साँझ ललितपुर प्रहरीमा पुगेकी थिइन् । उनले किटानी जोहरी दिएलगत्तै प्रहरीले पाटन अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको छ ।
ललितपुर प्रहरी परिसरका प्रवक्ता डीएसपी सन्तोष तामाङका अनुसार पीडितले पत्रकार राजु बस्नेतविरुद्ध पनि उजुरी दिएकी छन् । उनले घटनालाई मिलाउन धम्की दिएको भन्दै ठाडो उजुरी दिएकी छन् । बस्नेतलाई घटनालाई मिलाउन भन्दै आर्थिक प्रलोभन र दबाब दिएको पीडितको भनाइ छ ।
पीडित युवतीले प्रहरी रिपोर्ट बनाउन ३० मंसिरमा महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका बेला सहयोग गर्ने बहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबर्जस्ती गरेको दाबी गरेकी छन् ।