विराटनगरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
बिहीबार विहान विराटनगर महानगरपालिका वडा नं। १० मा रहेको अरनिको कलेज नजिकै को २ ह २११३ नम्बरको अटो अनियन्त्रित भइ दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा अटो चालक ४५ वर्षीय सलिम मियाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको उपचारको क्रममा विराटनगरको न्युरो अस्पतालामा मृत्यु भएको हो ।
अन्य ३ जना घाइतेहरु विराटनगर १० की ५५ वर्षीय मधुश्री मिश्र, ६५ वर्षीय अरुणा नन्द मिश्र र १९ वर्षीय शिवम सरबको न्युरो अस्पतालमै उपचार भइरहेको छ ।