logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गच्छदारको बचाउमा कांग्रेसद्वारा सदनमा विरोध


अंकुरण खबर
1.625K
Shares

काठमाडौं – ललिता निवास प्रकरणमा तानिएका नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारको बचाउमा कांग्रेसद्धारा सदनमा विरोध भएको छ ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले गच्छदारमाथि प्रतिशोध साँधिएको आरोप लगाएकी हुन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो यात्रा गरेका र जनताले पटक-पटक अभिमत दिएका गच्छदारप्रति हदैसम्मको प्रतिशोध साँधिएको जिकिर उनले गरिन् । उनले संवैधानिक अंग अख्तियार पनि सरकारको लाचार छाँया बनेको आरोप समेत लगाएकी छिन् ।

यता प्रतिनिधिसभा बैठक विरोध पछि स्थगित भएको छ । ललिता निवास प्रकरणमा विजय कुमार गच्छदारलाई प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले विरोध गरेपछि आज बसेको बैठक भोली शुक्रबार १ बजे बस्ने गरी स्थगित गरिएको हो ।