logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनबाट उद्धार गरिने नेपालीलाई उपत्यकाका यी चार स्थानमा राख्न प्रधानमन्त्रीको निर्देशन


अंकुरण खबर
871
Shares

चीनबाट उद्धार गरिने नेपाली विद्यार्थीलाई राख्न चार वटा स्थान तय भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट उद्धार गरीने विद्यार्थी राख्नका लागि शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार क्वारेन्टाइन स्थल व्यवस्थित गर्न निर्देशन दिएका हुन्। उनले कोरोना भाइरसको खतरालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति निर्धारित कार्ययोजनाअनुरूप तयारी पूरा गर्न पनि आग्रह गरे।

आज प्रधानमन्त्री निवास, बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव, सुरक्षा अधिकारीसँगको विशेष बैठकमा ती स्थान तय गरिएको प्रधानमन्त्री स्रोतले जनाएको छ।

नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ माक्स चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ।