logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एन्फा अध्यक्ष मिलन गुरुङ छुटे दुई लाख धरौटीमा


अंकुरण खबर
780
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा) पोखराका अध्यक्ष मिलन गुरुङ हिरासतबाट छुटेका छन् ।  उच्च अदालत पोखराको आदेशमा उनी दुई लाख धरौटीमा छुटेका हुन् ।

मिलनलाई फागुन १९ मा उपस्थित हुने गरी तारेखमा छाडेको उच्च अदालत पोखराका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिएका छन् । बैकिङ कसुर अन्तर्गतको जाहेरीमा उनलाई प्रहरीले हिरासतमा लिएको थियो ।

यसअघि पोखरामा आयोजित मुख्यमन्त्री कपको उद्घाटन समारोहमा फितलो व्यवस्थापन गरेको र खेलाडीलाई बेवास्ता गरेको अभियोगमा गण्डकी प्रदेशका सांसद दीपक मनाङेले झापड हानेका थिए ।

मनाङेको झापड खाएपछि मिलनले उजुरी दर्ता गराएका थिए । प्रहरीले मनाङेलाई ३ दिन हिरासतमा राखेको थियो । उनी साधारण तारिखमा छुटिसकेका छन् ।