logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरहा मेरो माइती घर जस्तै, मधेससँगको मेरो प्रेम कहिलै टुट्ने छैन : अध्यक्ष  प्रचण्ड


अंकुरण खबर
559
Shares

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले सामन्तवाद विरुद्धको विद्रोहको सम्पूर्ण तयारी आफूले तराई-मधेसबाट गरेको बताएका छन्।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आयोजित दोस्रो झण्डा महोत्सवलाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।

अध्यक्षले भने, ‘मैले सामन्तवाद विरुद्धको विद्रोहको तयारी तराई-मधेशबाट गरेको थिएँ र जनयुद्धमा पनि यहाँबाट नै सबैभन्दा बढी सहादत भएको छ। नेपालको इतिहासमा यति ठूलो वलिदान, त्याग र तपस्या अर्को कुनै आन्दोलनमा भएकै थिएन। यस अर्थमा म तपाईहरुको ऋणी छु।’

मधेस आउँदा आफूलाई कुनै नौलो ठाउँ गएजस्तो नलाग्ने बरु माइतीघर आए जस्तो लाग्ने गरेको उनको भनाई थियो । उनले तराई-मधेस हिमाल पहाडसँगको एकता र प्रेम आफूबाट कहिलै टुट्न नदिने जिम्मेवारी आफूले महशुस गर्ने गरेको पनि बताए।

उनले तराई-मधेस, पहाड, हिमाललाई जोडेर समृद्धिको यात्रा तिर देशलाई लिएर जाने र आफ्नो बाँकी जीवन यी क्षेत्रका जनताको समृद्धि, समाजवादको निर्माण र सामाजिक न्यायको निम्ति बिताउने सङ्कल्प गरिसकेको बताए।