logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बमजनको आश्रममा छापा : बमजन भेटिएनन्, अनुयायी ज्ञानबहादुर बमजन प्रहरीको नियन्त्रणमा


अंकुरण खबर
1.287K
Shares

व्यक्ति हत्या तथा हिंसा, व्यक्तिलाई बेपत्ता बनाएको लगायतका आरोप लागेका रामबहादुर बमजनको आश्रममा प्रहरीले छापा मारेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका ८ पहिरेमा रहेको बमजनको आश्रममा शरबुक्रबार प्रहरीले घेरा हालेर छापा मारेको हो । उक्त क्षेत्र प्रहरीले घेरा हाली छापा मारे पनि बमजन भने नभेटिएको प्रहरीले जनाउको छ ।

बिहीबार अदालतबाट पक्राउ अनुमति पाएको पछि शुक्रबार प्रहरीले छापा परेको हो । प्रहरीले बमजनका अनुयायी ज्ञानबहादुर बमजनलाई सोधपुछका लागि पक्राउ गरेको छ । बमजनमाथि एक जनाको हत्या गरेको, केही आनीहरुलाई बेपत्ता बनाएको लगायतका आरोप लागेका छन् ।