logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जापानमा कोरोना भाइरस संक्रमितलाई जहाजमै थुनियो


अंकुरण खबर
1.209K
Shares

जापानमा क्रुज जहाजमा सवार ४१ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । कोरोनाको संक्रमण रोक्नलाई जापानले उनीहरुलाई क्रुज जहाजमै यात्रीहरूलाई थुनेर राखेको छ ।

यससँगै क्रुजमा रहेका कुल ६१ जनालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
डायमन्ड प्रिन्सेज क्रुजमा लगभग ३७ सय यात्रु छन् । उनीहरूलाई सोमवारदेखि क्वारेन्टाइनमा राखिएको छ ।

हङकङमा ओर्लिएका एक व्यक्तिलाई भाइरसको संक्रमण भएको पत्ता लागेपछि क्रुजलाई क्वारेन्टाइनमा राखिएको हो ।